बिहीबार, असार १२,२०८२ 07:45:00
  • बिहीबार, असार १२,२०८२ 07:45:00
Global IME Bank Limited

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता

Hyundai Nepal
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्काशनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।

मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैंया बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे ।

CG Motors
Muktinath Bikas Bank Limited

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

६३ करोड चुक्तापूँजी भएको सो कम्पनीले अंकित मूल्य रू १०० मा १७ लाख कित्ताआईपीओ निष्कासन गर्ने प्रक्रिया सुुरु गरेको छ ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरीसम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् ।  

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ  । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।  

साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.