मंगलवार, भाद्र ९,२०८३ 09:12:27
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 09:12:27
Bizshala
Global IME Bank Limited

बेनी हाईड्रोपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

बेनी हाईड्रोपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि यही भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आम सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट २ प्रतिशतले हुन आउने २० हजार ८ सय कित्ता सेयर कर्मचारीहरुलाई, ५ प्रतिशतले हुन आउने ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र जारीपूँजीको १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी तथा बाँडफाँड सम्पन्न गरी बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

Bizshala
CG Motors

सर्वसाधारणलाई जारी गर्न लागिएको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ २५ र ढिलोमा असोज ५ गते रहेको छ ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसको अर्थ समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा कम्पनीमा मध्यम जोखिम रहेको जनाउछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X