शुक्रबार, श्रावण २९,२०८३ 11:04:48
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:04:48
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा

Prabhu Bank Limited
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।  

उक्त सभा पुस २८ गते आइतबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा नियमनकारी निकायबाट अनुमति लिई सम्पूर्ण कानूनी प्रक्रिया पुरा गर्दै सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

CG Motors

यस्तै गत आवको वार्षिक प्रतिवेदनका साथै वित्तीय विवरणहरु समेत पारित गरिनेछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेतमा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासनको तयारी गरेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  

यो कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ मंसिर १५ गते प्रालिको रुपमा विधिवत दर्ता गई २०८० असार ७ गते पब्लिक कम्पनीका रुपमा परिणत भएको थियो । कम्पनीले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–०६,मा सिमेन्ट कारखाना तथा नरपानीरखाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ ।

यस कम्पनीले ओपिसी (भुगर्भ सिमेन्ट) तथा पिपिसी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ । यस कम्पनीको वार्षिक उत्पादन क्षमता ६० हजार मेट्रिक टन ओपिसी सिमेन्ट तथा १ लाख ५० हजार मेट्रिक टन पिपिसी सिमेन्ट रहेको छ । यस कम्पनीको बजार क्षेत्र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाण्डौं उपत्यकामा रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.