शुक्रबार, बैशाख ११,२०८३ 07:16:16
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 07:16:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

Bizshala
झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

कम्पनीले गत असार ३१ गते आइपीओ निष्कासनको अनुमति पाएको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.