काठमाण्डौ । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेको हो ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पास गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २३ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गरिनेछ ।
त्यस्तै सभामा कम्पनीको अधिकृत,जारी र चुक्तापूँजी जारी गर्ने र गत आविको विभिन्न वित्तीय प्रतिवेदनहरु पारित गरिनेछन् ।