शुक्रबार, असार १२,२०८३ 02:04:02
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:04:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दि निलय होटल्सको आईपीओ निष्कासन गर्ने तयारी

Laxmi Sunrise Bank Limited
दि निलय होटल्सको आईपीओ निष्कासन गर्ने तयारी

काठमाण्डौ । दि निलय होटल्स लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो।

फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले चैत १३ गते बिहान ११ बजे धादिङको थाक्रे गाउँपालिकास्थित कम्पनीको होटल कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची रहेको छ। साथै, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने वा अन्य वित्तीय साधनमार्फत आवश्यक पूँजी संकलन गर्ने तथा आवश्यक परे मर्जर प्रक्रियामा जाने विषयमा समेत निर्णय गरिने कम्पनीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने कार्यसूची पनि सभामा समावेश गरिएको छ।

सभाबाट प्रस्तावहरू पारित भए पश्चात कम्पनीले नियामकीय प्रक्रिया पूरा गरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.