शुक्रबार, श्रावण २९,२०८३ 11:00:42
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:00:42
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटलले डाक्यो साधारण सभा

Prabhu Bank Limited
आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटलले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटेल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  

CG Motors

उक्त सभा आगामी मंसिर १४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, त्यससम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीको गत फागुन २४ गते बसेको विशेष साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.