बुधबार, असार १०,२०८३ 05:13:19
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:13:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासनमा धितोपत्र बोर्डले ‘थ्रेस होल्ड’ लगाउँदै, अब सहजै निष्कासन नहुने

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनमा धितोपत्र बोर्डले ‘थ्रेस होल्ड’ लगाउँदै, अब सहजै निष्कासन नहुने

काठमाण्डौ । धितोपत्र बोर्डले आईपीओ निष्कासनमा अब थ्रेसहोल्ड लगाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बिजशालासँग संक्षिप्त कुरा गर्दै हालको आईपीओ निष्कासन गर्ने व्यवस्थामा केही परिमार्जन गर्ने सोचमा बोर्ड पुगेको जानकारी दिए ।  

श्रेष्ठका अनुसार कम्पनीहरुले पूँजी जुटाउन आबश्यक देखिएका र सेयर निष्कासन गर्न योग्य भएका कम्पनीहरुलाई मात्रै आईपीओ निष्कासन गर्न दिइनेछ । कम्पनीहरुले सर्वसाधारणबाट रकम उठाउन मात्रै आईपीओमा आउन चाहनेहरुलाई निरुत्साहित हुनेगरि नीति लिइने उनले बताए ।  

New Office
CG Motors
Garima Development Bank

‘आईपीओ निष्कासनमा बोर्ड थ्रेस होल्ड लगाउने सोचमा रहेको छ । जस्तो या त चूक्तापूँजीको न्युनतम पनि २० प्रतिशत सेयर जारी हुनु पर्ने वा न्युनतम २५ करोड पूँजीको सेयर सर्वसाधारणहरुलाई जारी हुने प्रावधान राखिने छ,’ उनले भने, ‘यसमा ठूलो पूँजी भएका कम्पनीहरुले २५ करोड भन्दा बढी कित्ता सेयर भएको खण्डमा १० प्रतिशत पनि सेयर जारी गर्न सक्ने छन् । तर यो २५ करोड भन्दा कम पूँजीको सेयर जारी गर्न मिल्ने छैन । १० प्रतिशतले पनि २५ करोड भेट्छ भने त्यसता कम्पनीहरुले आईपीओ जारी गर्न सक्ने छन् ।’  

हालको धितोपत्र ऐन अनुसार कुनै पनि कम्पनीहरुले चुक्तापूँजीको १० प्रतिशत मात्रै सेयर जारी गर्न सक्ने नियम रहेको छ । जसको कारण सानो पूँजी भएका कम्पनीहरुले थोरै कित्ता सेयर जारी गरेर दोस्रो बजारमा सेयर कर्नरिङ हुँदै आएको छ ।  

अध्यक्ष श्रेष्ठले थप्दै भने  ‘हामीले आईपीओ र हकप्रदमा केही कडाई गर्ने कोसिस गरेका छौ । कम्पनीहरु आईपीओे र हकप्रद निष्कासन गर्न ‘डिर्जब’ हुनुपर्ने छ । कम्पनीले चाँहदैमा आईपीओमा आउने होइन । त्यस्ता कम्पनीहरु आईपीओमा जान योग्य पनि हुनु पर्छ । आबश्यकताको आधारमा सर्वसाधरणको हितमा हुनेगरि सार्वजनिक निष्कासनलाई अनुमति दिइने छ ।’

लगानीकर्ताहरको संकलित पूँजी उत्पादन क्षेत्रमा लगाउने गरि काम हुने पर्नेमा समेत उनले जोड दिए । अध्यक्ष श्रेष्ठले बोर्डले तत्काल नै हालको १० कित्ते नीतिमा भने कुनै पुनरावलोकन नगर्ने पनि प्रतिक्रिया दिए । यसमा लगानीकर्ताहरुको चहाना र आबश्यकतालाई नै बोर्डले ध्यान दिने पनि उनले बताए । ’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.