काठमाण्डौ । भिजन लुम्बिनी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ ।
मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते बुटवलमा रहेको दियालो फूडल्याण्डमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने, १० प्रतिशत बोनस सेयर प्रदान गर्ने, विभिन्न जलविद्युत आयोजनाको विकास गर्ने, प्रवद्र्धन गर्ने र त्यस्ता परियोजनामा लगानी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

