मंगलवार, श्रावण १९,२०८३ 04:34:47
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:34:48
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा हारालुछ,पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन
New Office

काठमाण्डौं । आजदेखि निष्कासन भएको सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । प्रतिकित्ता मूल्य रु ३६०.९० रुपैयाँमा निष्कासन भएको कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा तीनगुणा बढी आवेदन परेको हो ।  

आज कम्पनीको आईपीओमा १ लाख ५६ हजार २ सय ७ आबेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।  

 

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  

यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते  र ढिलोमा फागुन २७ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले ुमेरो सेयरुबाट  समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको  थियो ।  

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट देशकै पहिलो कम्पनी हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.