सोमबार, माघ १४,२०८१ 10:32:49
IME remit
  • सोमबार, माघ १४,२०८१ 10:32:49
IME remit
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ५.६२ गुणा बढी आवेदन

Hyundai Nepal
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ५.६२ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ओभरसब्सक्राइब्ड भएको छ । कम्पनीको आइपीओमा ५.६२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज ५ बजेसम्ममा ३९ हजार ५१५ आवेदकबाट १२ लाख ६५ हजार ५० कित्ताका लागि आवेदन परेको हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासनको बिक्री आवेदन खुलाएको हो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको छ ।  

यस्तै, कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट पुस २५ गते अनुमति पाएको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.