काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २७ गतेका लागि प्रथम साधारण सभा आह्वान गरेको हो ।
उक्त सभामा आम सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै उक्त सभामा गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै समूह क संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने । १ जना स्वतन्त्र विज्ञ सञ्चालक सञ्चाल नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।