मंगलवार, श्रावण १९,२०८३ 02:02:55
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:02:55
Bizshala
Global IME Bank Limited

वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड
New Office

काठमाण्डौ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ आज बिहान ९ बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड भएको हो ।  

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागी गत पुस २५ गतेदेखि माघ १० गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँको २ लाख ६७ हजार कित्ता आईपीओको बिक्री आवेदन खुलाएको थियो ।  

उक्त आईपीओमा ३३ हजार ८२४ जना आवेदकबाट २१ लाख ३९ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये ३३ हजार ८१० योग्य आवेदकबाट ७७ करोड १७ लाख ८४ हजार ६५० रुपैयाँबराबरको २१ लाख ३८ हजार ५ सय कित्ताका लागी माग भएको छ ।  

१४ आवेदन भने अयोग्य अर्थात रद्द भएको ग्लोबल क्यापिटलले जनाएको छ ।    

५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार २ लाख ६७ हजार  कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.