आईतवार, श्रावण ३,२०८३ 01:37:01
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 01:37:01
Bizshala
Global IME Bank Limited

होटल पार्क ल्याण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

होटल पार्क ल्याण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
New Office

काठमाण्डौ । होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

पुस ९ गते एक समारोहबीच सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच डिल्लीबजार, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

विगत १८ वर्ष देखि आफ्नो कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित यस होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् । यस होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष्य होटलको रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.