काठमाण्डौ । तुँदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर रु. १०० रूपैयाँ अंकित दरको १ करोड कित्ता साधारण सेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा तुँदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक श्री इन्द्र प्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
तुँदी पावर कम्पनी लिमिटेडले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरि चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजनाहरु निर्माण गरी विसं २०८२ साउन २० गतेबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजनाहरु सञ्चालनमा रहेको छ ।
यस आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको कम्पनीले जनाएको छ ।

