शुक्रबार, श्रावण २९,२०८३ 11:00:16
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:00:16
Bizshala
Global IME Bank Limited

हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?

Prabhu Bank Limited
हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?
New Office

काठमाण्डौं । केही समयअघि धितोपत्र दोस्रो बजारमा अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँमै सेयर बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट कम्पनीको निकै चर्चा थियो । सर्वसाधारणलाई ५० रुपैयाँमै सेयर बिक्री गरेको सो कम्पनीको सेयरभाउ दोस्रो बजारमा १८ सय क्रस भएको थियो ।  

सो कम्पनीको आइपीओ पाउने लगानीकर्ताहरु मालामाल बनेका थिए । कम्पनीले २०८० भदौमा आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो ।  

अंकित मूल्य ५० रुपैयाँमै सेयर बिक्री गरेपनि नेपाल धितोपत्र बोर्डको नियमानुसार सर्वसाधारणले २० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसर्थ कम्पनीले २० कित्ताका दरले सेयर बाँडफाँड गरेको थियो । हाथवेको सेयरभाउ १८ सय क्रस हुँदा लगानीकर्ताहरुले ३६ हजार रुपैयाँ रिटर्न प्राप्त गरेका थिए ।  

हाथवेको जस्तै तीन कम्पनीले पनि अंकित मूल्य ५० रुपैयाँमै आइपीओ ल्याउँदैछ । फरक–फरक सेक्टरका तीन कम्पनीले ५० रुपैयाँमै आइपीओ बेच्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।  

CG Motors

होटल तथा पर्यटन समूहतर्फको अकामा होटल लिमिटेड, उत्पादन तथा प्रशोधन समूहतर्फको एभरेष्ट कलर लिमिटेड र अन्य समूहतर्फको नेपाल ब्रोडकास्टिङ च्याननले सर्वसाधारणलाई ५० रुपैयाँमै आइपीओ बिक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् ।  

अकामा होटलले २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । त्यस्तै, एभरेष्ट कलर लिमिटेडले ३ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ८० हजार कित्ता र नेपाल ब्रोडकास्टिङ च्यानलले ५ करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बेच्न बोर्डसँग अनुमति मागेको हो ।  

अकामा होटलले २०८१ साल असार २६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । साथै एभरेष्ट कलर लिमिटेडले २०८१ मंसिर २८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

यता नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेडले भने २०८१ जेठ २१ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

होला त बोर्डबाट स्वीकृत ?  

नेपाल धितोपत्र बोर्डमा ८० भन्दा बढी कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । तर पछिल्लो समय बोर्डको कार्य कछुवा गतिमा हुँदा कम्पनीहरुले समयमा आइपीओ जारी गर्न पाएका छैनन् । यसबाट सर्वसाधारण लगानीकर्ताहरु सेयरमा लगानी गर्नबाट बञ्चित भएका छन् ।  

यता धितोपत्र बोर्डले भने आफ्नो काम नियमित रुपमा अघि बढाइरहेको दाबी गरेको छ । बोर्डले आइपीओ निष्कासनका लागि अनुमति मागेका कम्पनीहरुको वित्तीय अवस्था नियालेर ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका कम्पनीलाई तत्कालै आइपीओ जारी गर्न नदिने पनि जनाएको छ ।  

आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीहरुमा अधिकांश हाइड्रोपावर कम्पनीहरु छन् । निवेदन दिएका अधिकांश हाइड्रो कम्पनीहरुको नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकाले आइपीओ निष्कासनमा समस्या देखिएको बोर्डले जनाएको छ ।  

धितोपत्र बोर्डका अनुसार ५० रुपैयाँमै आइपीओ बिक्री गर्न लागेको उक्त तीन कम्पनीको नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएमात्रै आइपीओ बिक्री गर्न पाउनेछ । तर धितोपत्र बोर्डको पाइपलाइनमा ८० भन्दा बढी कम्पनी भएकाले उक्त कम्पनीहरुको आइपीओ स्वीकृत तत्कालै नहुने देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.