आईतवार, श्रावण ३१,२०८३ 09:12:22
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:12:22
Bizshala
Global IME Bank Limited

ईभी बजार प्रतिष्पर्धात्मक बनेसँगै टेस्लाले साइबरट्रकमा छुट दिने

Prabhu Bank Limited
ईभी बजार प्रतिष्पर्धात्मक बनेसँगै टेस्लाले  साइबरट्रकमा छुट दिने
New Office

काठमाण्डौ । ईभी कार निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ साइबरट्रकमा छुट दिने भएको छ । कम्पनीले साइबरट्रकका नयाँ सवारी साधनमा १६ सय डलरसम्मको छुट प्रदान गर्ने भएको हो । यस्तै कम्पनीले डेमो भर्जनको ट्रकमा २ हजार ६ सयसम्मको छुट दिने भएको छ । गत केही सातादेखि टेक्ससमा रहेको टेस्लाको कारखानामा अनपेन्टेड स्टिल पिकअपको बिक्रीमा कमी आएको जनाइएको छ ।  

अनकन्भेन्सनल पिकअप सन् २०२३ बाट ग्राहकहरु माझ पुग्न लागेको हो । टेस्लाका सीईओ एलन मस्कले सन् २०१९ मा पहिलोपटक साइबरट्रक अनावरण गरेका थिए । उनले त्यसबेला यसको मूल्य करिब ४० हजार डलर हुने बताएका थिए । तर सन् २०२४ मा यसको न्यूनतम मूल्य करिब ८० हजार डलर रहेको छ ।

CG Motors

वालस्ट्रिटले पनि साइबरट्रकलाई टेस्लाको कोर अटोमोटिक बिक्रीको कडीको रुपमा लिएको थियो ।  

कक्स अटोमोटिभका अनुसार गत वर्ष साइबरट्रकले फोर्डको लाइटनिङ एफ–१५० लाई पछि पार्दै घरेलु बजारमा बिक्री हुने पाचौं उत्कृष्ठ ईभी बनेको थियो । यद्यपी उच्च मूल्य र उत्पादनमा त्रुटिका कारण बारम्बर बजारबाट फिर्ता मगाउने समस्याले यसको वृद्धि प्रभावित बनेको छ । ड्राइभ इन्भटर्समा समस्या आएपछि गत नोभेम्बर महिनामा कम्पनीले छैठौपटक साइबरट्रकलाई बजारबाट फिर्ता मगाएको थियो ।

कक्स डेटाका अनुसार सन् २०२४ मा अमेरिकामा ईभीको बिक्री १.३ मिलियन युनिट पुगेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले धेरै हो । तर यो अवधिमा टेस्लाको बिक्री ३७ हजार युनिटले घटेको छ ।  

यो वर्ष टेस्लाका मोडल वाई एसयुभी र मोडल थ्रि सेडान सबैभन्दा बढी बिक्री हुने शीर्ष २ ब्राण्ड बनेका छन् । कक्सका अनुसार गत वर्ष टेस्लाले अमेरिकामा ३८ हजार ९६५ युनिट साइबरट्रक बिक्री गरेको छ ।  

केही समयअघि मात्रै एलन मस्कले क्यालिफोर्नियामा आपूर्तिमा ढिलाई भएको भन्दै ग्राहकहरु सामु माफि मागेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.