आईतवार, श्रावण ३१,२०८३ 09:15:01
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:15:01
Bizshala
Global IME Bank Limited

टेस्लाको रोबोट्याक्सी चाडै लञ्च हुने, चालकको आवश्यकता नपर्ने

Prabhu Bank Limited
टेस्लाको रोबोट्याक्सी चाडै लञ्च हुने, चालकको आवश्यकता नपर्ने
New Office

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले जुन २२ देखि बहुप्रतिक्षित रोबोट्याक्सी सेवाको सुरुवात गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।  

मस्कले यसलाई सबैभन्दा पहिले अमेरिकाको अस्टिनमा लञ्च गरिने बताए । तथापी हालसम्म यसको पूर्ण रुपमा तय भईसकेको भने छैन । अस्थाई रुपमा यसको लञ्च जुन २२ मा हुने जनाइएको छ ।  

CG Motors

हालै अस्टिनको सडकमा टेस्ला रोबोट्याक्सिको परीक्षण भईरहेको भिडियो सार्वजनिक भएका थिए । जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । यो रोबो ट्याक्सिलाई बिना कुनै रुकावट भिडभाडयुक्त सडकमा सहजै गुडिरहेको देख्न सकिन्छ । चालकरहित कुद्ने यो कारको सुरक्षालाई लिएर भने चिन्ता व्यक्त भईरहेका छन् । हालैका दिनहरुमा टेस्लाको स्वचालित कार दुर्घटना भएको कयौं घटनाहरु सार्वजनिक भईरहेका छन् ।  

टेस्लाको रोबोट्याक्सी एउटा पर्पज–बिल्ड अटोनोमश भेइकल हो । यसमा स्टीयरिङ ह्विल वा पेडल हुँदैन । जसको अर्थ उत्पादनमा जानुअघि यो कारले सरकारी नियामकहरुको अनुमति लिनु पर्नेछ । यसको डिजाइन धेरै नै फ्युचरिस्टीक रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.