आईतवार, श्रावण ३१,२०८३ 09:11:00
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:11:00
Bizshala
Global IME Bank Limited

टेस्लाको साइबरट्रकमा आगलागी, चालकको निधन

Prabhu Bank Limited
टेस्लाको साइबरट्रकमा आगलागी, चालकको निधन
New Office

काठमाण्डौ । टेस्लाको साइबर ट्रकमा आगलागी भएर एक जना व्यक्तिको निधन भएको छ । यो घटना बुधबार अमेरिकाको लस भिगासमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर भएको हो ।  

साइबर ट्रकमा भएको आगलागीमा चालकको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । कारमा आगलागी हुनुको कारण बारे एफबीआईले अनुसन्धान गरिरहेको छ । एफबीआईले आतंककारी हमलाका कारण घटना घटेको सम्भावनाको कोणबाट समेत अनुसन्धान गरिरहेको जनाइएको छ ।  

CG Motors

एलन मस्कले यो घटना साइबर ट्रकमा देखिएको प्राविधिक समस्याका कारण नभएको बताएका छन् । मस्कले यो घटना विस्फोटक पदार्थ वा बमका कारण भएको हुनसक्ने भन्दै एक्समा पोष्ट गरेका छन् ।  

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा होटल बाहिर रहेको कारमा विस्फोटका साथ आगलागी भएको देखिएको छ । नयाँ वर्षको दिन भिडभाड भएको ठाउँमा ट्रक कुदाएर १५ जनाको मृत्यु भएको एक दिन नबित्दै यो घटना घटेको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.