काठमाण्डौ । राजधानीको भृकुटीमण्डमा जारी गत भदौ ३ गतेदेखि जारी ‘नाडा अटो शो २०२५’ मा १ लाख ६० हजार बढीले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीले यस्तो जानकारी दिएका हुन् ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष करण कुमार चौधरीले यसपटकको अटो शो नेपालमा हालसम्म भएको सबैभन्दा ठूलो अटो शो भएको दाबी समेत गरे । ‘हरेक सस्करण अविस्मरणीय रहेको छ । प्रदर्शनकर्ताहरु खुशी देखिन्छन्,’ उनले भने, ‘१८औं सस्करण के गर्ने त्यो सोच्न जरुरी छ । अर्को वर्ष के गर्न सकिन्छ त्यसको तयारी गर्नेछौ । अर्को वर्ष झनै भव्य हुनेछ ।’
उनले यो वर्ष उड्ने कारदेखि रोवोटहरुमार्फत अटो शो लाई छुट्टै युगमा लग्न सफल भएको बताए । यस्तै उनले नेपाल उत्पादनमुखी भएमा अटो क्षेत्रको लागि उपयुक्त हुने बताए ।