नाडा अटो शोमा दर्शकको ऐतिहासिक सहभागिता, तीन दिनमै ७८ हजार बढीको सहभागिता
काठमाण्डौ । नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको ऐतिहासिक घूइँचो लागेको छ। यस वर्षको नाडा अटो शोमा केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भएका नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले दाबी गरेको छ ।