काठमाण्डौ । युक्रेनले रुसको इन्धन केन्द्र लक्षित गरेर आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । यसले रुसको तेल आपूर्ति बन्द हुने सम्भावना बढेसँगै कच्चा तेलको मूल्य बढेको हो ।
यसका साथै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बर महिनाका लागि ब्याजदर कटौती गर्ने सम्भावना उच्च रहेकाले यसले विश्वभर इन्धनको माग बढाउने अपेक्षा वृद्धि भएसँगै कच्चा तेलको मूल्य बढेको हो ।
यतिबेला डब्लूटीआई क्रुडको मूल्य ०.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ६३.७२ डलर कायम भएको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.०४ प्रतिशतले बढेर प्रतिब्यारेल ६७.७६ डलरमा कारोबार भईरहेको छ ।