ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित अर्को सैन्य आक्रमण स्थगित गरेपछि सोमबारको सुरुआती चरणमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। यसले कूटनीतिक पहलमार्फत हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने र मध्यपूर्वमा थप सैन्य तनाव टर्न सक्ने अपेक्षा बढाएको विश्लेषण गरिएको छ।समाचार तयार पार्दासम्म डब्लूटीआई क्रुडको मूल्य...

