काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.४१ प्रतिशतले बढेर प्रतिब्यारेल ७०.६० डलर कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.२४ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.१७ डलर कायम भएको छ । चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने निर्णय गरेसँगै चीनको आर्थिक वृद्धि उकालो लाग्ने अपेक्षाकाबीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो ।
यसले बजारको बुलिस सेन्टिमेन्टलाई बल पुगेको जनाइएको छ ।