काठमाण्डौ । पछिल्लो कारोबारमा कच्चा तेलको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतले घटेता पनि साप्ताहिक रुपमा भने बढेको छ ।
पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.०२ प्रतिशत अर्थात ०.८० डलरले घटेको छ ।
यो गिरावटसँगै यसको मूल्य प्रतिब्यारेल ७७.८८ डलर पुगेको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.६२ प्रतिशत अर्थात ०.५० डलरले ओरालो लाग्दै प्रतिब्यारेल ८०.७९ डलर पुगेको छ । रुसी तेल माथिको कडा प्रतिबन्धका कारण पछिल्लो समय युरोप, भारत र चीनमा रुसी तेलको आपूर्तिमा कमी आएको छ । रुसी तेल उत्पादनक तथा ट्याङकरलाई लक्षित गर्दै गत साता जो बाइडेन प्रशासनले थप प्रतिबन्धको घोषणा गरेको थियो ।
यस्तै लगानीकर्ताले डोनाल्ड टम्पले अपनाउन सक्ने नीतिलाई समेत नजिकबाट नियारिलरहेका छन् । ट्रम्पले सोमबारदेखि आफ्नो कार्यकाल सम्हाल्दै छन् । ट्रम्पको रोजाईमा नियुक्त भएका ट्रेजरीका सेक्रेटरीले रुसी तेलमाथि कठोर प्रतिबन्ध लगाउन तत्पर रहेको बताएका छन् ।