शनिबार, श्रावण २,२०८३ 05:07:36
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 05:07:36
Bizshala
Global IME Bank Limited

कच्चा तेलको मूल्यमा गिरावट, अमेरिका–इरान युद्ध शुरु हुनु अघिकै स्तर आईपुग्यो

कच्चा तेलको मूल्यमा गिरावट, अमेरिका–इरान युद्ध शुरु हुनु अघिकै स्तर आईपुग्यो
New Office

काठमाण्डौ । मध्यपूर्वबाट तेल आपूर्ति बढ्ने संकेत तथा आपूर्ति अवरोधको जोखिम घट्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्धअघि कै स्तरमा झरेको छ।

ब्रेन्ट क्रुडको मूल्य १.५१ प्रतिशत अर्थात १.११ डलरले घटेर ७२.६३ डलरमा झरेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्यपनि १.३४ प्रतिशत अर्थात ०.९४ डलरले घटेर प्रतिऔंस ६९.४० डलरमा सीमित बनेको छ । दुवै सूचकहरू पछिल्ला केही महिनायताकै न्यून स्तरमा झरेका छन्।

बजारमा तत्काल आपूर्ति अभाव नहुने संकेत देखिएकाले मूल्यमा दबाब परेको हो। अगस्ट महिनाको ब्रेन्ट क्रुडको मूल्य सेप्टेम्बरको भन्दा कम रहनुले छोटो अवधिमा तेलको पर्याप्त उपलब्धता रहने अपेक्षा झन् बलियो बनाएको छ।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल ढुवानी युद्धअघिको अवस्थामा फर्किन थालेको बताएका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब २ करोड ब्यारेल तेल उक्त मार्ग हुँदै निर्यात भएको छ।

यसैबीच, क्ष्चबल ले अमेरिकी प्रतिबन्धमा अस्थायी सहजता पाएपछि तेल निर्यात बढाउने तयारी गरिरहेको अपेक्षाले पनि बजारमा थप आपूर्ति आउने संकेत दिएको छ। यसले विश्वव्यापी कच्चा तेलको मूल्यमा थप गिरावट ल्याएको छ।

यता इरानले ट्यांकरहरूको आवागमन सहज बनाउन अस्थायी समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। यद्यपि इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो अनुमति बिना स्ट्रेट अफ हर्मुज पार गर्ने जहाजहरूलाई कारबाही गरिने चेतावनी दिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.