मंगलवार, असार ९,२०८३ 09:48:26
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:48:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–ईरान तनाव चर्किएसँगै कच्चा तेलको मूल्य वृद्धि

Laxmi Sunrise Bank Limited
अमेरिका–ईरान तनाव चर्किएसँगै कच्चा तेलको मूल्य वृद्धि

काठमाण्डौ । एशियाली बजार खुल्नेबित्तिकै शुक्रबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। अमेरिका र ईरानबीच बढ्दो सैन्य तनावका कारण विश्व ऊर्जा बजारमा पुनः अस्थिरता बढेको विश्लेषण गरिएको छ।

वैश्विक तेल सूचक ब्रेन्ट क्रूडको मूल्य १.५३ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल १०१.६ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी बजारमा कारोबार हुने डब्ल्यूटीआई क्रूडको मूल्य १.९५ प्रतिशतले बढेर ९६.६६ प्रति ब्यारेल डलर  पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

पश्चिम एशियामा तनाव बढ्नुको मुख्य कारण स्ट्रेट अफ हर्मुज क्षेत्रमा अमेरिका र ईरानबीच भएको गोलीबारीलाई मानिएको छ। अमेरिकी सेनाले ईरानतर्फबाट बिना उक्साहट आक्रमण भएको दाबी गर्दै त्यसको प्रतिकारस्वरूप जवाफी कारबाही गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना तीनवटा अमेरिकी डेस्ट्रोयर जहाजहरू हर्मुज क्षेत्रबाट सुरक्षित रूपमा बाहिरिएको जानकारी दिएका छन्। उनले जवाफी आक्रमणमा ईरानका केही साना डुंगा नष्ट गरिएको तथा अमेरिकी जहाजलाई लक्षित गरिएका मिसाइलहरू खसालिएको दाबी गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता, ईरानी सेनाले भने अमेरिका नै युद्धविराम उल्लंघनमा जिम्मेवार रहेको आरोप लगाएको छ।

अमेरिका र ईरानबीच पछिल्ला केही सातादेखि युद्धविराम कायम रहे पनि पछिल्ला घटनाक्रमले मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने खतरा बढाएको छ। यसको प्रत्यक्ष प्रभाव विश्व अर्थतन्त्र तथा ऊर्जा आपूर्तिमा पर्न सक्ने अनुमान गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.