बुधबार, भाद्र १०,२०८३ 10:53:16
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 10:53:16
Bizshala
Global IME Bank Limited

हर्मुज जलमार्ग खुल्ने आशासँगै कच्चा तेलको मूल्य २% ले घट्यो

हर्मुज जलमार्ग खुल्ने आशासँगै कच्चा तेलको मूल्य २% ले घट्यो
New Office

काठमाण्डौ । इरान र ओमानबीच रणनीतिक हर्मुज जलमार्गमा आवागमन व्यवस्थापनका विषयमा पुनः वार्ता सुरु भएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार २ प्रतिशतले घटेको छ। अघिल्लो कारोबारमा पनि तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको थियो।

बुधबार ब्रेन्ट क्रुडको मूल्य २.५४ प्रतिशतले घटेर प्रतिब्यारेल ८६.३३ डलरमा सीमित बनेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि २.४० प्रतिशतले घटेर प्रतिब्यारेल ८०.३८ डलरमा कारोबार भईरहेको छ ।

हर्मुज जलमार्गबाट हुने समुद्री आवागमनसँग सम्बन्धित घटनाक्रमले बजारलाई प्रभावित गरिरहेको छ। इरान र ओमानबीचको वार्तामा प्रगति हुने आशाले लगानीकर्ताले तेल बिक्री बढाएका कारण मूल्यमा दबाब परेको हो ।

यद्यपि, बजारमा अझै अनिश्चितता कायम रहेकाले मूल्य घटेका बेला खरिद गर्ने प्रवृत्तिले थप गिरावटलाई सीमित गर्न सक्ने र केही समय तेलको मूल्य निश्चित दायरामै रहन सक्ने विश्लेषण गरिएको छ।

Bizshala
CG Motors

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बीच हर्मुज जलमार्ग व्यवस्थापनका विषयमा ओमानसँग वार्ता पुनः सुरु गरेको जनाएको छ। युद्ध सुरु हुनुअघि विश्वव्यापी कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० को करिब पाँचौँ हिस्सा यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो।

इरान र ओमानले मंगलबार हर्मुज जलमार्ग हुँदै आवागमनका लागि ‘संयुक्त अस्थायी समुद्री मार्ग’ निर्माणबारे छलफल गरेको र जलमार्गलाई बारुदी सुरुङबाट मुक्त गर्ने सहमति भएको बताएका थिए।

यसैबीच, इरानसँगको तनाव बढिरहेका बेला अमेरिकाले मध्यपूर्वका केही कूटनीतिक नियोगमा कर्मचारी फिर्ता पठाउन थालेको छ। द्वन्द्वका कारण ती नियोगबाट कर्मचारी हटाइएको वा जनशक्ति घटाइएको थियो। यस कदमले निकट भविष्यमा इरानसँगको द्वन्द्व थप चर्किने जोखिम कम भएको अमेरिकी आकलन संकेत गर्ने भए पनि केही दूतावासले सुरुवाती चरणमा सीमित क्षमतामा काम गर्ने बताइएको छ।

अमेरिकाले सोमबार इरानको आर्थिक गतिविधिमा थप दबाब सिर्जना गर्ने उद्देश्यले प्रतिबन्ध विस्तार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूलाई समेत कारबाहीको चेतावनी दिइए पनि तत्कालै दण्ड नलगाइने अमेरिकाले जनाएको छ।

यता, मंगलबार ओमानको अश सिसाह क्षेत्रबाट उत्तरपूर्वमा एउटा तेल ट्यांकर अज्ञात वस्तुको प्रहारबाट क्षतिग्रस्त भई सञ्चालनविहीन भएको बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसनले जनाएको छ। उक्त क्षेत्र हर्मुज जलमार्गको प्रवेशद्वारनजिकै पर्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.