काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनामा सबैभन्दा उच्च स्तरमा पुगेको छ । यस्तै सुरक्षित लगानीको रूपमा सुनतर्फ समेत लगानीकर्ताको आकर्षण देखिएको छ । अमेरिका र इरानबीचको तनाव बढ्दै जाँदा यस्तो स्थिति उत्पन्न भएको हो।
आज ब्रेन्ट क्रूडको मूल्य ०.३५ प्रतिशतले बढेर प्रतिब्यारेल ७१.९१ डलर पुगेको छ। यस्तै डब्लूटीआई कुडको मूल्य पनि ०.३८ प्रतिशतले बढेर प्रतिब्यारेल ६६.६५ डलर पुगेको छ । तेलको मूल्य बुधबार पनि ४ प्रतिशत भन्दा बढी बढेको थियो र यो अक्टोबर महिनापछि सबैभन्दा ठूलो एकदिनको वृद्धि हो।
आज सुनको मूल्य पनि बढेर प्रतिऔंस ५ हजार डलर नाघेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ डलर।श्रले बढेर प्रतिऔंस ५ हजार डलरमा कारोबार भईरहेको छ । यस्तै चाँदीको भाउ पनि ०.६८ डलरले बढेर प्रतिऔंस ७८ डलर कायम भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सहमति नजाए १० दिनभित्र सैन्य आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् । जसपश्चात मध्यपूर्वमा तनावको अवस्था सिर्जना भएको छ । यसैबीचमा इरानतर्फ अमेरिकी युद्धतोप अघि बढिरहेको खबर समेत प्रकाशित भएका छन् । यी खबरहरुले निम्त्याएको अनिश्चितताका कारण बहुमूल्य धातु सुन र कच्चा तेल जस्ता पदार्थको मूल्य बढाएको छ ।
इरानसँगको सम्भावित द्वन्द्वले विश्व तेल आपूर्ति बाधित हुन सक्ने डर सिर्जना गरेको छ, जसले तेलको मूल्यमा बढोत्तरी आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।