काठमाण्डौ । अन्तर्राष्टिय बजारमा कच्चा तेलको मूल्य ५ महिनाकै उच्च कायम भएको छ । इरानइजरायलको युद्धमा अमेरिका समेत प्रवेश गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि देखिएको हो ।
आज डब्लूटीआई क्रुडको मूल्य १.९५ प्रतिशत अर्थात १.४४ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७५.२८ डलर पुगेको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.८८ प्रतिशतले वृद्धि भएको छ । ब्रेन्ट क्रुडको मूल्य १.४५ डलरले बढ्दै प्रतिब्यारेल ७८.४६ डलर पुगेको छ ।
यसैबीच इरानले हर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएको छ । यो जलमार्ग बन्द भए तेल र इन्धनको मूल्य आकाशिने चेतावनी गोल्डम्यान स्याक्सले दिएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                