काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.३५ प्रतिशतले घट्दै प्रतिब्यारेल ७१.१२ डलर पुगेको छ ।
यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.६१ प्रतिशतले घटेर प्रतिब्यारेल ६७.२० डलर पुगेको छ ।
पछिल्लो एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य २.५ प्रतिशत र डब्लुटीआई क्रुडको मूल्य १.२ प्रतिशतले घटेको छ ।
ओपेक प्लसले उत्पादन बढाउने निर्णयलाई पछि सार्दै सन् २०२६ सम्म उत्पादन कटौतीलाई बढावा दिने निर्णय गरेसँगै र कमजोर मागका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                