काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दुईदिन बढेको छ । आज डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुट दुवैको मूल्य बढेको छ ।
डब्लूटीआई क्रुडको मूल्य ०.५२ प्रतिशत अर्थात ०.३० डलरले बढेर प्रतिब्यारेल ५७.८२ डलर कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.६८ प्रतिशत अर्थात १.०३ डलरले बढेर प्रतिब्यारेल ६२.३५ डलरमा कारोबार भईरहेको छ । रुसी तेलमाथि प्रतिबन्ध लाग्ने सक्ने सम्भावनका कारण आपूर्ति श्रृंखला बिग्रन सक्ने जोखिम,चीन र अमेरिकीबीच व्यापारीक सम्झौताको सम्भावना र अमेरिकाले रणनीतिक रिजर्भका लागि तेलको आपूर्ति गर्ने भएसँगै तेलको मूल्य बढेको हो ।
पाँच महिनाकै न्यून स्तरमा पुगेको तेलको मूल्यमा गत सोमबार बाउन्सब्याक देखिएको थियो ।