बिहीबार, श्रावण ७,२०८३ 12:00:17
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 12:00:17
Bizshala
Global IME Bank Limited

मध्यपूर्वमा तनाव बढेसँगै कच्चा तेलको मूल्य ६ हप्ताकै उच्च विन्दुमा

मध्यपूर्वमा तनाव बढेसँगै कच्चा तेलको मूल्य ६ हप्ताकै उच्च विन्दुमा
New Office

काठमाण्डौ । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल आपूर्ति अवरुद्ध हुने चिन्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै छ हप्ताभन्दा बढी समययताकै उच्च स्तरमा पुगेको छ।

आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि १.९० प्रतिशतले बढेर प्रतिब्यारेल ८८.४८ डलर पुगेको छ ।  अघिल्लो कारोबार दिन पनि ब्रेन्टको मूल्य ३ डलरभन्दा बढीले बढेर ९४.०७ डलरमा बन्द भएको थियो।

तेल बजारमा आएको उछालको मुख्य कारण अमेरिका इरानबीच चर्किएको सैन्य तनाव र लाल सागर क्षेत्रमा जहाजमाथि बढेको जोखिमलाई मानिएको छ। अमेरिकी सेनाले इरानमाथि लगातार आक्रमण जारी राखेको जनाएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकी जहाजमाथि आक्रमण भए कडा जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्।

इरानको रिभोलुसनरी गार्ड्सले स्ट्रेट अफ हर्मुज क्षेत्रमा एउटा तेल ट्यांकर विस्फोटपछि आगलागी भएको जनाएको छ। साथै, उक्त जलमार्ग आफ्नो नियन्त्रणमा रहेको र सुरक्षा समन्वयबिना कुनै पनि ट्यांकरलाई प्रवेश वा बाहिरिन नदिने चेतावनी दिएको छ।

यसैबीच, यमनका हुथी विद्रोही समूहले साउदी अरब जाने तेल ढुवानीलाई लक्षित गर्ने चेतावनी दिँदै लाल सागर क्षेत्रमा नौसैनिक नाकाबन्दी घोषणा गरेको छ। समूहले दुईवटा साउदी तेल ट्यांकरमाथि कारबाही गरेको दाबी गरेको छ। यस घटनाले विश्वव्यापी उर्जा आपूर्ति शृंखलामा थप जोखिम बढाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.