मंगलवार, भाद्र २,२०८३ 11:50:26
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 11:50:26
Bizshala
Global IME Bank Limited

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने प्रयास कमजोर बनेपछि तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति ?

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने प्रयास कमजोर बनेपछि तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति ?
New Office

काठमाण्डौ । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न भइरहेका कूटनीतिक प्रयास कमजोर बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मंगलबार बढेको छ। इरानले सैन्य रूपमा थप आक्रामक रणनीति अपनाउने संकेत गर्नु तथा अमेरिकाले अस्थायी युद्धविराम विस्तार नगर्ने स्पष्ट पारेपछि विश्वव्यापी उर्जा आपूर्तिलाई लिएर चिन्ता बढेको हो।

आज ब्रेन्ट क्रुडको मूल्य ०.६७ प्रतिशतले बढेर प्रतिब्यारेल ९१.४८ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्यपनि ०.८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८५ डलरमा कारोबार भईरहेको छ । कारोबारको सुरुवाती चरणमा डब्लूटीआई १ प्रतिशतभन्दा बढीले उकालो लाग्दै ८५.३७ डलरसम्म पुगेको थियो, जुन जुलाई ३१ यताकै उच्च स्तर हो।

Bizshala
CG Motors

इरानसँगको युद्ध स्थायी रूपमा अन्त्य गर्ने दिशामा भइरहेको वार्तामा प्रगति रोकिएपछि तेल बजारमा आपूर्ति जोखिमप्रति चिन्ता बढेको हो। विशेषगरी विश्वको महत्वपूर्ण ऊर्जा मार्ग होर्मुज जलडमरूमध्यबाट तेल ट्यांकरको आवागमन सामान्य हुन नसक्दा बजारमा थप दबाब परेको छ।

अमेरिका–इरान सम्बन्ध थप अस्थिर बन्दै गएको देखिएपछि साताको सुरुवातमै तेलको मूल्य बढेको हो। हर्मुज जलमार्ग पुनः खुलाउने विषयमा तत्काल सम्झौता हुने संकेत नदेखिएको र त्यहाँबाट हुने जहाज आवागमन अझै न्यून रहेको जनाइएको छ ।

यसैबीच, मंगलबार हर्मुज जलमार्गबाट बाहिरिँदै गरेको एउटा पानीजहाजमा प्रक्षेप्य वस्तु प्रहार भएको विवरण सार्वजनिक भएको छ। पछिल्ला घटनाका कारण उक्त रणनीतिक जलमार्गमा दैनिक पारवहन संख्या अझै एकल अंकमै सीमित रहेको तथ्यांकले देखाएको छ।

यता, यमनका हुथी विद्रोहीले लाल सागरमा साउदी सैन्य पानीजहाज र त्यसका चारवटा सुरक्षा जहाजलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। मध्यपूर्वका विभिन्न क्षेत्रमा जारी तनावले ऊर्जा आपूर्ति शृंखलामा थप जोखिम बढाएको छ।

यसैबीच, इरानले ओमानसँग हर्मुज जलमार्ग व्यवस्थापनसम्बन्धी छुट्टै सम्झौताका लागि वार्ता गरिरहेको जनाएको छ। दुवै पक्ष सम्झौतानजिक पुगेको इरानको दाबी भए पनि यसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया जनाएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.