काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै न्यून विन्दुमा पुगेको छ । ‘ब्रेन्ट क्रुड’को मूल्य सोमबार चार वर्षयताकै न्यून विन्दुमा पुगेको छ । यो अप्रिल २०२१ पछि ब्रेन्ट क्रुडको सबैभन्दा कम मूल्य हो।
हाल यसको मूल्यमा करिब ३.२ प्रतिशतले गिरावट आएको छ र कच्चा यसको मूल्य प्रति ब्यारेल ६३.४९ डलर पुगेको छ ।
कच्चा तेलको मिश्रित मूल्यलाई प्रतिबिम्बित गर्ने वेस्ट टेक्सास इन्टरमिडिएट इन्डेक्स (डब्लूटीआई क्रुडको मूल्य पनि सोमबार न्यून स्तरमा पुगेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूटीआई क्रुडको मूल्य करिब ३.५८ प्रतिशतले गिरावट आएको छ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरू विरुद्ध पारस्परिक करको घोषणा गरेका थिए । त्यसयता ब्रेन्ट क्रुडको मूल्य १०.९ प्रतिशत र डब्लूटीआई क्रुडको मूल्य १०.६ प्रतिशतले घटेको छ।