शनिबार, भाद्र ७,२०८२ 07:16:53
  • शनिबार, भाद्र ७,२०८२ 07:16:53
Global IME Bank Limited

इजरायल–इरान युद्धका कारण कच्चा तेलको मूल्यमा ४% को उछाल, नेपालजस्तो अर्थतन्त्रमा पर्नसक्छ प्रभाव

Hyundai Nepal
इजरायल–इरान युद्धका कारण कच्चा तेलको मूल्यमा ४% को उछाल, नेपालजस्तो अर्थतन्त्रमा पर्नसक्छ प्रभाव
Shivam Cement

काठमाण्डौ । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्य ४ प्रतिशतले बढेको छ । जसका कारण तेल आपूर्ति प्रभावित हुनसक्छ ।  

विज्ञहरूले तेलको मूल्य बढिरहने हो भने यो भारतीय अर्थतन्त्र र भारतबाट तेल आयात गर्ने नेपाली अर्थतन्त्रका लागि समेत ठूलो समस्या हुनसक्ने बताएका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इजरायलले इरानको आक्रमणपछि बदला लिने धम्की दिएको छ । यी आक्रमणको इरानले ठूलो मूल्य चुकाउनुपर्ने उसले बताएको छ । यस्तो अवस्थामा कच्चाको भाउ अझै बढ्न सक्छ।

विज्ञहरूका अनुसार कच्चा तेलको मूल्यमा प्रत्येक १० डलरको वृद्धिमा भारतमा मुद्रास्फीति ०.३ प्रतिशतले बढ्छ । भारतमा मुद्रास्फिति बढ्दा यसको असर नेपालमा समेत पर्छ । नेपालको सबैभन्दा ठूलो आयात व्यापार भारतसँग नै हुँदै आएको छ।  

सञ्चारमाध्यमहरुका अनुसार तेलको महँगीका कारण भारतमा जनताको क्रयशक्ति पनि प्रभावित भएको छ । यसको कारण जनताले यातायातमा बढी खर्च गर्नुपरेको छ । साथै, यसले वस्तु र सेवाको मूल्य पनि बढाउँछ।

इरानले दैनिक १७ लाख ब्यारेल तेल निर्यात गर्ने विज्ञहरूका अनुसार तेल महँगो हुँदा भारतले थप डलर खर्च गर्नुपर्ने हुन्छ । यसले रुपैयाँ कमजोर हुनेछ, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ, जसका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन जान्छ । इरानले दैनिक १७ लाख ब्यारेल तेल निर्यात गर्छ। उ तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकका सदस्य हो।

इरान स्ट्रेट अफ हर्मुज नजिकै अवस्थित छ, जहाँबाट ठूलो मात्रामा तेलको आपूर्ति हुन्छ। साउदी अरेबिया, कतार र यूएई जस्ता ठूला तेल उत्पादक देशहरूले तेल निर्यात गर्न यो मार्ग प्रयोग गर्छन्।

विश्वको तेल आपूर्तिमा ओपेक राष्ट्रहरूको हिस्सा ४० प्रतिशत छ। ओपेकको निर्णयको प्रत्यक्ष असर तेलको मूल्यमा परेको छ । यदि तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने यसले भारत र नेपालजस्ता धेरै उदीयमान देशहरूको अर्थतन्त्रमा समस्या खडा गर्न सक्छ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.