आईतवार, आश्विन १८,२०८३ 09:11:53
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 09:11:54
Bizshala
Global IME Bank Limited

कच्चा तेलको मूल्य बढेपछि चीनले बढायो आयात, दुई महिनामा ९० लाख टनको वृद्धि

Bizshala
कच्चा तेलको मूल्य बढेपछि चीनले बढायो आयात, दुई महिनामा ९० लाख टनको वृद्धि
New Office

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर वृद्धि भइरहेका बेला चीनले आफ्नो रणनीतिक तेल भण्डार पुनः भर्न कच्चा तेलको आयात बढाउन थालेको छ। अगस्टमा चीनको कच्चा तेल आयात २२ लाख टनले बढेर ३ करोड ७९ लाख टन पुगेको छ। यो लगातार दोस्रो महिना आयात बढेको हो।

कच्चा तेलको मूल्यमा पछिल्लो समय देखिएको वृद्धिमा चीनको बढ्दो आयातले समेत महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। इरान युद्धपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेका बेला चीनले विदेशी मुद्रा सञ्चितिमा दबाब कम गर्न आयात घटाएको थियो। त्यस अवधिमा उसले आफ्नै तेल भण्डार प्रयोग गरेको थियो।

जुन महिनामा चीनको कच्चा तेल आयात पछिल्लो एक दशककै न्यून स्तरमा झरेको थियो। तर, पछिल्ला दुई महिनामा चीनले पुनः तेल खरिद बढाएको छ। दुई महिनामा आयात करिब ९० लाख टनले बढेको छ, जुन जनवरीदेखि जुलाईसम्म भएको कुल गिरावटको करिब ३३ प्रतिशत बराबरको पुनर्बहाली हो।

कच्चा तेलको आपूर्ति बढेसँगै चीनलाई पेट्रोलियम पदार्थको निर्यात बढाउनसमेत सहयोग पुगेको छ। पछिल्लो महिना चीनबाट पेट्रोल र डिजेलको निर्यातमा २९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीनको आधिकारिक भन्सार तथ्यांकअनुसार अगस्टमा देशले ३ करोड ७९ लाख ३० हजार टन अर्थात् दैनिक औसत करिब ८९ लाख ३० हजार ब्यारेल कच्चा तेल आयात गरेको छ। यो जुलाईको तुलनामा ६।२ प्रतिशत बढी हो। जुनमा चीनको दैनिक कच्चा तेल आयात घटेर करिब ७१ लाख ब्यारेलमा सीमित भएको थियो।

यद्यपि, चीनको कच्चा तेल आयात गत वर्षको सोही अवधिको तुलनामा अझै २३ प्रतिशत कम छ भने यस वर्षकै उच्च स्तरको तुलनामा करिब ३२ प्रतिशतले कम रहेको छ।

चीनसँग विश्वकै सबैभन्दा ठूलो कच्चा तेल भण्डार रहेको अनुमान गरिन्छ। विभिन्न अनुमानअनुसार चीनको तेल भण्डार १.२ अर्ब ब्यारेलभन्दा बढी छ। ठूलो भण्डारका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका बेला चीनले आयात घटाएर आफ्नो सञ्चित तेल प्रयोग गर्न सक्छ भने मूल्य घट्दा पुनः ठूलो परिमाणमा खरिद गर्न सक्ने क्षमता राख्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.