बुधबार, असार १०,२०८३ 03:11:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:11:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेलको मूल्य दुई साताकै उच्च विन्दुमा, फेडको ब्याजदर कटौती र भू-राजनीतिक तनावले बजार प्रभावित

Laxmi Sunrise Bank Limited
तेलको मूल्य दुई साताकै उच्च विन्दुमा, फेडको ब्याजदर कटौती र भू-राजनीतिक तनावले बजार प्रभावित

काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य दुई साताकै उच्च विन्दुमा पुगेको छ। लगानीकर्ताहरूले अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ(फेड) ले यो साता ब्याजदर कटौती गर्ने सम्भावना उच्च रहेको आँकलन गरेकाले यसले आर्थिक वृद्धि तथा ऊर्जा माग बढाउने अपेक्षा गरिएको छ। यससँगै रुस र भेनेजुएलाबाट आपूर्तिमा पर्ने जोखिमले पनि बजारलाई संवेदनशील बनाएको छ। जसका कारण मूल्य बढ्न पुगेको विश्लेषकहरुले बताएका छन् ।

ब्रेन्ट क्रुडको मूल्य ०.२२ प्रतिशतले बढेर प्रतिब्यारेल ६३.८९ डलर पुगेको छ भने डब्लूटीआई क्रुडको मूल्य ०.२५ प्रतिशतले बढेर प्रतिब्यारेल ६०.२३ डलर मा कारोबार भइरहेको छ। दुबैको मूल्य गत शुक्रबार उच्च स्तरमा बन्द भएको थियो । जुन नोभेम्बर १८ यताकै सबैभन्दा बलियो स्तर हो।

New Office
CG Motors
Garima Development Bank

फेडले ०.२५ प्रतिशत ब्याजदर कटौती गर्ने सम्भावना ८४ प्रतिशत रहेको छ। तर फेडका अधिकारीबीच बढ्दो मतभेदका कारण यो बैठक पछिल्ला वर्षहरूकै सबैभन्दा विवादास्पद बन्न सक्ने आँकलन गरिएको छ।

युक्रेन युद्धसँग सम्बन्धित वार्तामा ठोस प्रगति नभएको र सुरक्षा ग्यारेन्टी तथा रुसद्वारा अतिक्रमित भू–भागको स्थितिबारे मतभेद कायम रहेको बताइन्छ। अमेरिकी राष्ट्रपपति डोनाल्ड ट्रम्प प्रशासनले अघि सारेको नयाँ शान्ति प्रस्तावबारे वाशिङटन र मोस्कोबीच फरक दृष्टिकोण देखिएको छ।

विश्लेषकहरूका अनुसार, ट्रम्पको शान्ति पहलका विभिन्न सम्भावित नतिजाले दैनिक २ मिलियन ब्यारेलभन्दा बढी तेल आपूर्तिमा उतारचढाव ल्याउन सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, जी सेभेन र युरोपेली संघले रूसी तेलमा लगाएको मूल्य सीमा हटाई सम्पूर्ण समुद्री सेवा प्रतिबन्ध लगाउने प्रस्तावबारे छलफल गरिरहेका छन्, जसले विश्वको दोस्रो ठूलो उत्पादक रूसबाट आउने आपूर्ति अझै घटाउन सक्छ।

चीनका स्वतन्त्र रिफाइनरीहरूले नयाँ आयात कोटा प्राप्त गरेपछि भण्डारणमा रहेको प्रतिबन्धित इरानी तेल किन्दै आएका छन्, जसले विश्व बजारमा देखिएको आपूर्ति बढीको दबाब केही हदसम्म घटाएको विश्लेषकहरूको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.