काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले करिब ३ प्रतिशतले घटेको छ । मध्यपूर्वमा रिस्क प्रिमियमको जोखिम कम भएसँगै र युक्रेनमा सम्भावित शान्ति सम्झौताको अनिश्चितताका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।
पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य २.८७ प्रतिशत अर्थात २.०८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७०.४० डलर कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.६८ प्रतिशत अर्थात २.०५ डलरले घटेको छ । अहिले अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७४.४३ डलरमा कारोबार भईरहेको छ ।
गाजामा भएको युद्धविरामका कारण तुलनात्मक रुपमा मध्यपूर्व शान्त बनेका कारण बजारमा जोखिम कम भएको छ । जसको प्रभाव तेलको मूल्यमा परेको विश्लेषकहरुले बताएका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                