बिहीबार, बैशाख ३१,२०८३ 08:34:30
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:34:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मध्यपूर्वमा जोखिम घटेसँगै र ओपेक प्लसको सहज आपूर्तिका कारण तेलको मूल्यमा गिरावट

Laxmi Sunrise Bank Limited
मध्यपूर्वमा जोखिम घटेसँगै र ओपेक प्लसको सहज आपूर्तिका कारण तेलको मूल्यमा गिरावट
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार डब्लुटीआई र ब्रेन्ट क्रुड दुवैको मूल्यमा गिरावट आएको हो ।  

डब्लुटीआई क्रुडको मूल्य ०.६१ प्रतिशत अर्थात ०.४० डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६५.१२ डलर कायम भएको छ ।  

यस्तै ब्रेन्ट क्रुडको मूल्य ०.३० प्रतिशत अर्थात ०.२० डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको कारोबार प्रतिब्यारेल ६७.५७ डलरमा भईरहेको छ ।  

Bizshala
New Office
CG Motors

मध्यपूर्वको भू–राजनीतिक अवस्थामा देखिएको सुधार र ओपेक प्लसले आगामी अगस्ट महिनामा उत्पादन बढाउने सम्भावनाका कारण कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।  

गत साता यी दुवै बेन्चमार्कले सन् २०२३ मार्च पछिकै सबैभन्दा ठूलो साप्ताहिक गिरावटको सामना गरेका थिए । तर जुन महिना भने वृद्धिका साथ अन्त्य हुने देखिएको छ ।  

इरान र इजरायलबीच १२ दिनसम्म चलेको युद्धका कारण ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपतिले दुई राष्ट्रबीच युद्धविरामको घोषणा गरेसँगै भने यसको मूल्य प्रतिब्यारेल ६७ डलरमा झरेको थियो ।  

यस्तै ओपेक प्लसले अगस्ट महिनामा प्रतिदिन ४ लाख ११ हजार ब्यारेल तेल उत्पादन बढाउने तयारी गरेको छ जुन मे, जुन र जुलाईकै निरन्तरता हो । ओपेक प्लसको बैठक जुलाई ६ मा बस्दैछ ।      

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.