बुधबार, असार १०,२०८३ 03:10:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:10:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरान युद्ध चर्किँदै जाँदा कच्चा तेलको मूल्य बढेको बढ्यै !

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान युद्ध चर्किँदै जाँदा कच्चा तेलको मूल्य बढेको बढ्यै !

अमेरिका र इरानबीचको तनाव युद्धको रूप लिँदै गएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव देखिएको छ। विशेषगरी हर्मुज जलडमरूमध्यबाट हुने तेल ढुवानीमा तीव्र गिरावट आएपछि कच्चा तेलको मूल्य पुनः बढ्न थालेको छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य करिब २.६७ प्रतिशत बढेर प्रति ब्यारेल ८३.५७ डलर पुगेको छ भने डब्ल्यूटीआई क्रूड ३.१५ प्रतिशत बढेर ७७.०१ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेयता तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले बढिसकेको छ।

New Office
CG Motors
Garima Development Bank

युद्धका कारण हर्मुज जलडमरूमध्यमा ट्यांकर आवागमनमा करिब ९२ प्रतिशत गिरावट आएको बताइएको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै आपूर्ति हुने भएकाले ढुवानी अवरुद्ध हुँदा बजारमा दबाब बढेको छ।

यसैबीच इरानले उत्पादनमा दैनिक करिब १५ लाख ब्यारेल कटौती गरेको जनाएको छ। भण्डारण अभाव र वैकल्पिक निर्यात मार्ग नहुँदा उत्पादन घटाउनुपरेको इरानी अधिकारीहरूले बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जेपी मोर्गनका अनुसार खाडी क्षेत्रमा करिब ३२९ तेल ट्यांकर रोकिएका छन्। डीबीएस बैंकले भने पश्चिम एसियाको संकट लामो समयसम्म जारी रहे कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ।

इरान संकटपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एक वर्षयताकै उच्च स्तरमा पुगेको छ। हर्मुज जलडमरूमध्य ३३ किलोमिटर चौडा र १६७ किलोमिटर लामो रहेको छ र विश्वका प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.