शुक्रबार, श्रावण २२,२०८३ 10:15:26
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:15:26
Bizshala
Global IME Bank Limited

स्ट्रेट अफ हर्मुजको चिन्ताले बढायो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो ?

स्ट्रेट अफ हर्मुजको चिन्ताले बढायो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य शुक्रबार पनि उकालो लागेको छ। इरानले स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने केही पानीजहाजमाथि प्रतिबन्ध लगाउने र नियम उल्लंघन गर्नेलाई भारी जरिवाना गर्ने प्रस्ताव अघि बढाएपछि आपूर्ति जोखिम बढ्ने चिन्ता बढेको हो।

शुक्रबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य १.२६ प्रतिशत अर्थात १.०४ डलरले बढेर ८३.५३ डलर पुगेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्यपनि १.०७ प्रतिशतले वृद्धि भएर ७८.१२ डलर कायम भएको छ ।

बिहीबार पनि तेलको मूल्य प्रतिब्यारेल ३ डलरभन्दा बढीले बढेर बन्द भएको थियो। विश्वको करिब पाँचौँ हिस्सा कच्चा तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी हुने स्ट्रेट अफ हर्मुजमा युद्धपछि देखिएको अनिश्चितताले बजारमा दबाब सिर्जना गरेको हो।

इरानले अमेरिकन, इजरायली तथा अन्य शत्रु ठहर गरिएका पानीजहाजलाई स्ट्रेट अफ हर्मुज प्रयोग गर्न रोक लगाउने प्रस्तावित कानुनमाथि छलफल गरिरहेको बताइएको छ। प्रस्तावित नियम उल्लंघन गर्ने जहाजलाई उनीहरूले बोकेको कार्गो मूल्यको २० प्रतिशतसम्म जरिवाना गर्ने व्यवस्था राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट कार्गो मूल्यको ५ देखि ७ प्रतिशतसम्म शुल्क लिने प्रस्ताव गरेको छ भने ओमानले करिब ३ प्रतिशत शुल्कको विषयमा छलफल गरिरहेको बताइएको छ। अर्कोतर्फ, अमेरिकाले कुनै शुल्क नलाग्ने पक्ष लिएको छ।

यसैबीच, यमनका हुथी विद्रोहीहरूले बिहीबार मारिब र हद्रामाउत क्षेत्रमा रहेका साउदी अरबका सैन्य तैनाथीमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। तर, बजारमा देखिएको अनिश्चितताका कारण तेलको मूल्यमा दबाब कायम रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.