सोमबार, आश्विन १२,२०८३ 03:14:25
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 03:14:25
Bizshala
Global IME Bank Limited

ट्रम्पको यो निर्णयले बढायो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो ?

Bizshala
ट्रम्पको यो निर्णयले बढायो कच्चा तेलको मूल्य, प्रतिब्यारेल कति पुग्यो ?
New Office

काठमाण्डौ । इरान र अमेरिकाबीचको तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २ प्रतिशतले बढेर प्रतिब्यारेल १०६ डलरभन्दा माथि पुगेको छ।

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.२५ प्रतिशतले बढेर प्रतिब्यारmे ९४ डलर पुगेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सात दिनभित्र हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गरेपछि तेल बजारमा आपूर्ति जोखिमप्रति चिन्ता बढेको हो। विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गका रूपमा रहेको होर्मुज जलमार्ग अवरोध आउन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाएको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हर्मुज जलमार्गबाट विश्व बजारमा ठूलो परिमाणमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको ढुवानी हुने भएकाले यहाँको गतिविधिले अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव पार्ने गर्छ।

तेलको मूल्य बढिरहेका बेला राष्ट्रपति ट्रम्पले भने इरानसँगको युद्ध ‘धेरै चाँडै’ अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्।

ट्रम्पले युद्ध अन्त्य भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आउने दाबीसमेत गरेका छन्। तर युद्ध कहिले र कसरी अन्त्य हुन्छ भन्ने विषयमा तत्काल स्पष्टता देखिएको छैन।

हर्मुज जलमार्गमा सम्भावित अवरोधको जोखिमले तेलको आपूर्ति प्रभावित हुन सक्ने चिन्ता लगानीकर्तामा बढाएको छ। त्यसको प्रभाव कच्चा तेलको मूल्यमा देखिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.