शनिबार, असार १४,२०८२ 09:43:08
  • शनिबार, असार १४,२०८२ 09:43:08
Global IME Bank Limited

दोस्रो त्रैमासमा पनि घट्यो टेस्लाको बिक्री, चीनमा निर्मित कारहरुको बिक्रीमा पनि २४.२% को कमी

Hyundai Nepal
दोस्रो त्रैमासमा पनि घट्यो टेस्लाको बिक्री, चीनमा निर्मित कारहरुको बिक्रीमा पनि २४.२% को कमी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी इभी निर्माता कम्पनीले टेस्लाको आपूर्ति पहिलोपटक लगातार दुई त्रैमाससम्म घट्न पुगेको छ । जुन त्रैमासमा कम्पनीको आपूर्ति ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अप्रिलदेखि जुनको अवधिसम्म कम्पनीले ४ लाख ३८ हजार १९ युनिट कार डेलिभर गरेको अनुमान गरिएको छ ।

एलएलईजीले गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । कम्पनीले मंगलबार आफ्नो त्रैमासिक प्रतिवेदन सर्वाजनिक गर्दैछ । चीनमा अन्य अटो निर्मातासँग भईरहेको कडा प्रतिस्पर्धा र नयाँ सस्तो मोडलको अभावका कारण मागमा कमी आउँद कम्पनीको आपूर्तिमा कमी आएको हो ।  

यसका साथै ग्राहकहरु सस्तो ग्यासोलिन ईभी हाईब्रिडतर्फ आकिर्षत भईरहेकाले समेत कम्पनीको बिक्रीमा प्रभाव परेको छ । यसअघि टेस्लाका सीईओ एलन मस्कले सस्तो मोडलका ईभी कार बनाउने र कम्पनीको सम्पूर्ण ध्यान रोबो ट्याक्सीमा केन्द्रीत गर्ने बताएका थिए । स्वचालित प्रविधि पूर्ण रुपमा सबल र सक्षम हुन नसक्ने आशंका लगानीकर्तामा देखिएको छ । यद्यपी कम्पनीका लगानीकर्ताले गत महिना मस्कको ५६ बिलियन डलरको पे प्याकेजको पक्षमा मतदान गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

बारक्लेजका एनालिष्ट ड्यान लेभीले दोस्रो त्रेमासमा टेस्लाको आपूर्तिमा ११ प्रतिशतको गिरावट आएको आँकलन गरेका छन् ।  

यस्तै जुन महिनामा कम्पनीको चीनमा निर्मित कारहरुको बिक्री २४.२ प्रतिशतले घटेको छ । जुन महिनामा चीनमा निर्मित मोडल थ्री र मोडल वाईको बिक्री २.२ प्रतिशतले घटेको छ ।  

यो अवधिमा चिनियाँ प्रतिस्पर्धी कम्पनी बीवाईडीको बिक्री भने ३५.२ प्रतिशतले वृद्धि भएको छ । जुन महिनामा बीवाईडीले ३ लाख ४० हजार २११ वटा ईभी कार बिक्री गरेको छ । -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.