बीवाईडी र साइमेक्सले बाढीपीडितका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने
काठमाण्डौ । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इन्क प्रालिले बाढी प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

