बेलायतमा बीवाईडीको बिक्री ८८०% ले बढ्यो, बन्यो चीन बाहिरको ठूलो बजार
काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीका लागि बेलायत चीन बाहिरको सबैभन्दा ठूलो बजार बनेको छ । बेलायमा बीवाईडीको बिक्री सेप्टेम्बर महिना अघिल्लो वर्षको तुलनामा ८८० प्रतिशतले बढेसँगै सबैभन्दा ठूलो बजार बनेको हो । कम्पनीका अनुसार गत महिना बेलायतमा ११ हजार २७१ युनिट कार बिक्री भएका छन् । यो बिक्रीमध्ये कम्पनीको प्लग इन हाईब्रिड भर्जन सर्वाधिक बिक्री भएको छ ।