आईतवार, कार्तिक १,२०८३ 02:43:11
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 02:43:11
Bizshala
Global IME Bank Limited

बीवाइडीको नयाँ डल्फिन: थुप्रै अत्याधुनिक फिचर्स थपिए, मूल्य भने पुरानै

Bizshala
बीवाइडीको नयाँ डल्फिन: थुप्रै अत्याधुनिक फिचर्स थपिए, मूल्य भने पुरानै
New Office

काठमाण्डौ । नेपालको अटोमोबाइल बजारमा बीवाइडीले राम्रो छाप छोड्न सफल भएको छ । उत्कृष्ट सर्भिस वा नेटवर्क भएको बीवाइडीले अटो क्षेत्रमा ठूलो प्रभाव समेत पारेको छ ।  

यसैबीच बीवाइडीको डल्फिन-२०२५ मोडल आज सार्वजनिक भएको छ । बीवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन सार्वजनिक गरेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बीवाइडीले पुरानो मूल्यमै अपग्रेडेड फिचर्ससहित डल्फिन मोडल सार्वजनिक गरेको हो । जसमा नयाँ टेक्नोलोजीको विकास भएको लिथियम आयोन फोस्फेट ब्याट्री उपलब्ध भएको कम्पनीले जनाएको छ ।  

यसका साथै बीवाइडी डल्फिनमा ४४.९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग गरिएको छ । यसले एक पटकको फुल चार्जमा डब्लुएल्टिपि साइकल अनुसार ३४० कि.मि.को रेञ्ज दिने कम्पनीको दाबी छ ।  

कम्पनीले ल्याएको डल्फिनमा रहेको १२ भोल्टको ब्याट्री परिवर्तन रहेको छ । यसअघि १२ भोल्टको ब्याट्री लिड एसिड ब्याट्री रहेकोमा त्यसलाई परिवर्तन गरेर लिथियम आयोन दिएको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताईन् ।  

‘अहिले बीवाइडीको २५ सय युनिट सडकमा कुदिरहेका छन्, हामीले बीवाइडी डल्फिनलाई थप परिकृष्त गर्दै ग्राहकहरुलाई नयाँ दिने कोसिस गरेका छौं’ उनले भनिन्, ‘अपग्रेडेड फिचर्ससहित विशेषगरी बीवाइडी डल्फिनमा ब्याट्रीको भोल्टेज चेन्ज छ, १५ वर्षसम्मको लाइफ भएको यो ब्याट्रीले बीवाइडी डल्फिन सुरक्षा र दिगोपनको हिसाबले उत्कृष्ट छ ।’

बीवाइडी डल्फिनले नेपाली अटोबजारमा राम्रै रेकर्ड राख्न सफल भएको छ । ह्याचब्याक कार सेग्मेन्टमा ईभीको पहिलो सफल मोडल बनेको डल्फिन सन् २०२३ मा पहिलो पटक नेपाल भित्रिएको हो ।  

उत्कृष्ट फिचर्ससहित ग्राहकको सुरक्षा र विश्वासलाई कायम राख्दै किम्पनी दिगो रुपमा अघि बढिरहेको श्रेष्ठले बताईन् । ‘ग्राहकको सहजतालाई मध्यनजर गर्दै हामीले उहाँहरुको विश्वास डगमगाउन दिनेछैंनौं’ उनले भनिन्, ‘अहिले बीवाइडीका जुनसुकै गाडी चढ्नु भएपनि त्यसमा पाइरहनुभएको सेवासुविधाको हामी वारेन्टी दिनेछौं र तपाईहरुको विश्वसनीयता कायम राख्नेछौं ।’

साथै कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले पनि बीवाइडी डल्फिन टेक्नोलोजीका विशेषताहरुले भरिपूर्ण रहेको बताए । ‘ग्राहकको सुविधालाई मध्यनजर गर्दै हामी प्रडक्टको ट्रस्टको लागि अगाडि बढिरहने छौं’ उनले भने, ‘बीवाइडीमा रहेको कम्फर्ट र सहजताका लागि यस्तै कायम राख्ने पनि हामी प्रतिबद्धता गर्दछौं।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ डल्फिनमा स्पोर्टी स्टाइलको सस्पेन्सन दिइएको कम्पनीले जनाएको छ । साथै बीवाइडी एप, मोबाइल फोन ब्लुटुथ कि, मोबाइल फोन एनएफसी कि, ब्राइटेसन धेरै भएको हेटलाइट, सुधारिएको कुलिङ र हिटिङ एयर कण्डिसन, प्यासेन्जर डोर सुइज, नयाँ बडी कलर अप्सन थपिएको छ ।  

त्यस्तै, यसमा ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेन्ट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले १८० एनएमको टर्क उत्पादन गर्दछ ।  

त्यस्तै, क्याबिनमा १२.८ इन्चको घुम्ने टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो समर्थन गर्दछ ।  

सामान राख्नका लागि बुट स्पेस ३४५ लिटर छ, जुन पछाडिका सिटहरु फोल्ड गर्दा १ हजार ३१० लिटरसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।  

६ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट, रिअर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिक अलर्ट जस्ता फिचर्स छन् ।  

यसका साथै यस गाडीले युरो एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । यसको मूल्य भने पुरानै ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.