साइमेक्स इंकका लागि अर्थमन्त्रीले गरे ‘पोलिसी करप्सन’, बजेटको एकदिनअघि भित्र्याइयो १२०० बढी बीवाइडी
काठमाण्डौ । निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेरको आरोप प्राय हरेक अर्थमन्त्रीले प्रत्येक वर्षको बजेट निर्माणको क्रममा खेप्छन् । यो विषय जनार्दन शर्माको पालामा बढी नै बाहिरियो । शर्माले निश्चित व्यापारिक घरानाको प्रतिनिधिलाई बजेटको अघिल्लो रात सिंहदरबारमै प्रवेश गराई करका दरमा अस्वभाविक हेरफेर गराउन सहयोग गरेको विषयले नेपाली समाज तात्यो ।उनीपछि...