Bizshala
  • सोमबार, असार २२,२०८३ 11:30:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता बन्ने दिशामा चीनको बीवाईडी

Laxmi Sunrise Bank Limited
विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता बन्ने दिशामा चीनको बीवाईडी

काठमाण्डौ । चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारी बिक्री गर्ने कम्पनी बन्ने तयारी गरेको छ। वार्षिक बिक्रीको आधारमा पहिलो पटक बीवाईडीले टेस्लालाई पछि पार्न लागेको हो।

बिहीबार बीवाईडीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ मा कम्पनीको ब्याट्रीबाट चल्ने सवारी साधनको बिक्री करिब २८ प्रतिशतले वृद्धि हुँदै साढे २२ लाखभन्दा बढी पुगेको छ।

उता, टेस्लाले आफ्नो सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। तर यसअघि सार्वजनिक गरिएको विश्लेषकहरूको अनुमानअनुसार टेस्लाले सो वर्ष करिब साढे १६ लाख सवारी साधन बिक्री गरेको अनुमान गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

टेस्लाले पछिल्लो वर्ष मिश्रित प्रतिक्रिया पाएका नयाँ मोडलहरू, कम्पनी प्रमुख एलन मस्कका राजनीतिक गतिविधिप्रति बढ्दो असन्तुष्टि तथा चिनियाँ प्रतिस्पर्धी कम्पनीहरूको तीव्र प्रतिस्पर्धाका कारण चुनौतीपूर्ण समय भोग्नुपरेको छ।

चीनका ग्ली, एमजी र बीवाईडी जस्ता कम्पनीहरूले कम मूल्यमा विद्युतीय सवारी उपलब्ध गराउँदै पश्चिमी ब्रान्डहरूमाथि दबाब सिर्जना गरेका छन्। यसको प्रतिक्रिया स्वरूप टेस्लाले अक्टोबरमा अमेरिकामा आफ्ना दुई सबैभन्दा धेरै बिक्री हुने मोडलहरूको कम मूल्य संस्करण सार्वजनिक गरेको थियो।

विश्वकै धनी व्यक्ति एलन मस्कमाथि आगामी दशकमा टेस्लाको बिक्री र सेयर बजार मूल्य उल्लेखनीय रूपमा बढाउने जिम्मेवारी छ। नोभेम्बरमा सेयरधनीहरूले स्वीकृत गरेको सम्झौताअनुसार उनले १ ट्रिलियन अमेरिकी डलर (करिब ७४० अर्ब पाउन्ड) सम्मको पारिश्रमिक पाउन सक्नेछन्।

उक्त सम्झौताअन्तर्गत टेस्लाले आगामी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० वर्षमा १० लाख मानवरूपी रोबोट बिक्री गर्नुपर्ने लक्ष्य राखिएको छ। कम्पनीले आफ्नो अप्टिमस रोबोट र स्वचालित ‘रोबोट्याक्सी’ प्रविधिमा ठूलो लगानी गर्दै आएको छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा टेस्लाको बिक्रीमा गिरावट आएको थियो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को प्रशासनमा मस्कको भूमिकाप्रति देखिएको विरोधसँग जोडिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.