मंगलवार, आश्विन २०,२०८३ 07:38:07
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 07:38:07
Bizshala
Global IME Bank Limited

डलर अर्बपति चौधरीको भेटपछि किन हतारियो बीवाईडी ? साइमेक्ससँगै रहने घोषणा

Bizshala
डलर अर्बपति चौधरीको भेटपछि किन हतारियो बीवाईडी ? साइमेक्ससँगै रहने घोषणा
New Office

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीले संयुक्त रूपमा बीवाईडीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग भेट गरेको तस्बिर सार्वजनिक भएपछि नेपाली अटोमोबाइल बजारमा सुरु भएको चर्चाबीच बीवाईडीले महत्वपूर्ण प्रष्टीकरण दिएको छ।

चौधरी बाबुछोराको उच्चस्तरीय भेटपछि नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको डिलरसिप परिवर्तन हुन लागेको हो कि भन्ने आशंका बजारमा फैलिएको थियो। यही सन्दर्भमा बीवाईडीका दक्षिण एसिया प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बीवाईडी अटो एसिया प्यासिफिकका डेपुटी जनरल म्यानेजर, बीवाईडी इन्डिया प्रालिका सीएमडी तथा बीवाईडी दक्षिण एसियाका प्रमुख केत्सु झाङले बीवाईडी नेपालमा साइमेक्ससँगै रहने स्पष्ट पारेका छन्।

उनले साइमेक्ससँग विगत १० वर्षदेखि स्थापित सहकार्यप्रति बीवाईडीको बलियो विश्वास रहेको उल्लेख गर्दै उक्त साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘बीवाईडी साइमेक्ससँगै रहनेछ। विगत १० वर्षदेखि हामीबीच स्थापित सहकार्यप्रति हाम्रो बलियो विश्वास छ,’ झाङले भनेका छन्, ‘नेपालका साझेदार तथा ग्राहकसमक्ष साइमेक्ससँग मिलेर थप उत्पादन र नवीन प्रविधि भित्र्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

उनका अनुसार बीवाईडी र साइमेक्सले नेपाली ग्राहकलाई प्रभावकारी सेवा दिन तथा समुदायको हितमा योगदान पुर्‍याउन संयुक्त रूपमा उत्कृष्ट प्रयास जारी राख्नेछन्।

झाङको यो भनाइ सामान्य व्यावसायिक प्रतिबद्धताभन्दा पनि नेपालमा बीवाईडीको डिलरसिप परिवर्तन हुन लागेको चर्चालाई सम्बोधन गर्ने स्पष्ट सन्देशका रूपमा आएको देखिन्छ। विशेषगरी चौधरी बाबुछोराले बीवाईडीका सीईओसँग भेट गरेको तस्बिर सार्वजनिक भएपछि साइमेक्सको आधिकारिक डिलरसिप खोसिने वा चौधरी समूहले बीवाईडीको नेपाली कारोबारमा प्रवेश गर्ने सम्भावनाबारे अटो बजारमा विभिन्न अड्कलबाजी सुरु भएका थिए।

यद्यपि चौधरी समूह वा बीवाईडीले उक्त भेटको उद्देश्य तथा सम्भावित व्यावसायिक सहकार्यका विषयमा औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। तर, बजारमा आशंका बढिरहेका बेला बीवाईडीका दक्षिण एसिया प्रमुखबाट हठात आएको प्रष्टीकरणले कम्पनी तत्काल साइमेक्ससँगको साझेदारी परिवर्तन गर्ने पक्षमा नरहेको संकेत गरेको छ।

उनले ‘बीवाईडी साइमेक्ससँगै रहनेछ’ भनेर स्पष्ट शब्दमा दिएको अभिव्यक्तिले नेपालमा कम्पनीको आधिकारिक व्यावसायिक साझेदारीलाई लिएर फैलिएका संशय मत्थर पार्ने प्रयास गरेको बुझिन्छ।

यससँगै बीवाईडीले साइमेक्ससँगको १० वर्षे सहकार्यलाई निरन्तरता दिँदै नेपालमा थप नयाँ मोडल, उत्पादन तथा उन्नत प्रविधि भित्र्याउने योजना रहेको समेत संकेत गरेको छ। विद्युतीय सवारीसाधनप्रति नेपाली उपभोक्ताको आकर्षण तीव्र रूपमा बढिरहेको अवस्थामा बीवाईडीको यो प्रष्टीकरणले ग्राहक, व्यावसायिक साझेदार तथा अटोमोबाइल बजारलाई महत्वपूर्ण सन्देश दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.