काठमाण्डौ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ।
कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० जना महिला राइडर सहभागी भएका थिए।
पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइड मुस्ताङसम्म पुगेको थियो। यात्राका क्रममा सहभागीहरूले हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र लामो दूरीको मोटरसाइकल राइडिङको अनुभव लिएका थिए।
महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास बढाउने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमले महिला राइडरहरूबीच अनुभव आदानप्रदान, आपसी सम्बन्ध विस्तार र राइडिङ समुदायमा सहकार्यको भावना बढाउन मद्दत गरेको कम्पनीको भनाइ छ।
रोयल इन्फिल्डले ‘Pure Motorcycling’ अवधारणाअन्तर्गत नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण र साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको जनाएको छ।
अल्फा अटोमोटिभले सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकाससँगै महिला राइडरहरूको सहभागिता बढाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।